ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

युनिक नेपाल लघुवित्तको धितोपत्र विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल

२०७७ भदौ, ३०  
बजार
Image Not Found

काठमाडौं (अस) । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर निष्काशनका लागि धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । संस्थाले २ लाख ७० हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरेको छ ।

विक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा यूनिकका कार्यकारी निर्देशक डा. गोपाल दहित र मर्चेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । संस्थाको हालको चुक्ता पूँजी रू. ९ करोड ६८ लाख छ । रू. २ करोड ७० लाखको प्राथमिक शेयर निष्काशन गरेसँगै पूँजी रू. १२ करोड ३८ लाख पुग्ने छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्