ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एमएडब्ल्यूद्वारा पिकअप फोटोन टुनल्यान्ड ई र भ्यान भ्यू सीएस२एल सार्वजनिक

२०७७ भदौ, ३०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका लागि फोटोन मोटरको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धि कमर्शियल भेहिकल प्रालिले नेपाली बजारमा आफ्नो दोस्रो पिकअप टुनल्यान्ड ई र दोस्रो भ्यान भ्यू सीएस२एल सार्वजनिक गरेको छ ।

फोटोनको नयाँ टुनल्यान्ड ईमा २.८ लिटरको इनलाइन ४ ओटा सिलिन्डर, टर्बोचार्ज एन्ड इन्टरकुलरसहितको फोरवाइड ५ स्पिड म्यानुल ट्रान्समिसन छ । यस्तै क्लसकै सबैभन्दा ठूलो कार्गो बक्स, पेलोड क्षमता १ टन र फ्युल ट्यांक क्षमता ७६ लिटर यसको अर्को विशेषता हो ।

यात्रुको आरामका लागि टुनल्यान्ड ईमा अगाडि अपर एन्ड लोवर ए–आर्म (डबल विशबोन क्वाइल स्प्रिङ) र पछाडि शक एब्जोर्बरहितको डेपेन्डेन्ड सस्पेन्सन राखिएको छ । डुअल एअरब्याग, फ्रन्ट भेन्टिलेटेड डिस्क, ईबीडीसहितको एबीएस, सेन्ट्रल लकिङ र सिट बेल्ट वार्निङ जस्ता सुरक्षाका फिचर यसका उपलब्ध छन् । नेपाली बजारका लागि टुनल्यान्ड ईको मूल्य रू. ५९ लाख ५० हजार तोकिएको छ ।

यसैगरी कम्पनीले नेपालको पहिलो १९ सिटर भ्यान भ्यू सीएस२एल पनि सार्वजनिक गरेको छ । विश्वमै सबैभन्दा विश्वास गरिएको २.८ लिटरको कमिन्स इन्जिनले ३ हजार ६०० आरपीएमा अधिकतम ११० किलोवाट पावर र ३ हजार आरपीएममा ३३० एनएम टर्क उत्पन्न गर्छ जुन प्रतिस्पर्धीमध्येकै सबैभन्दा बढी भएको कम्पनीको दाबी छ ।

भ्यू सीएसएलमा डुअल एअरब्याग, ईबीडीसहितको एबीएस, फोल्डेबल सिट, क्यामेरासहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ र चाइल्ड सेप्mटी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फग ल्याम्प, डे रनिङ लाइट जस्ता फिचरहरू छन् । नयाँ भ्यू सीएसमा पावर स्टेरिङ, पावर विन्डो, एअर कन्डिसनर फ्रन्ट र रियर पनि उपलब्ध छ । नेपाली बजारका लागि भ्यू सीएस२एलको मूल्य रू. ७२ लाख कायम गरिएको छ ।

विश्वको कमर्शियल भेहिकल बजारमा १७ प्रतिशत बजार हिस्सा रहेको फोटोनले पिकअप र भ्यानबाहेक हेभी ड्यूटी ट्रक र इलेक्ट्रिक बस भित्र्याएर नेपाली बजारमा आक्रामक रूपमा प्रस्तुत हुने लक्ष्य एमएडब्ल्यू वृद्धिले लिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्