ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘ह्येन्दे फेष्टिभ डिलाइट २०७६’ का विजेताहरूलाई गाडी हस्तान्तरण

२०७७ भदौ, ३०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका लागि ह्येन्दे अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘ह्येन्दे फेष्टिभ डिलाइट २०७६’ का विजेताहरूलाई गाडी हस्तान्तरण गरेको छ । कम्पनीले सोमवार एक कार्यक्रम गरी उक्त अफरका विजेताहरू नागेश्वरप्रसाद शाहलाई भेनस र शालिकराम अधिकारीलाई स्यान्ट्रो मग्नाको साँचो हस्तान्तरण गरेको हो ।

उक्त अफरका विजेताहरू लक्की–ड्रमार्फत छनोट गरिएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार बम्पर लक्की–ड्रको विजेताहरूका साथै दुबई भ्रमण जित्ने १० जना भाग्यशाली विजेताहरूको छनोट कार्यक्रमका मुख्य अतिथि कञ्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले गरेकी थिइन् ।

दुबई भ्रमण जित्नेमा भरत सिंह पौडेल, चन्द्रमणि पौडेल, श्रीजेश घिमिरे, महेश्वरलाल सिंह, कृष्ण प्रकाश पौडेल शर्मा, राजु शाह, दलबहादुर विक, विजय अग्रवाल, गणेश हार्डवेर, एनआईसी एशिया बैंक (सीओ), निर्भीक सापकोटा र खातु इन्टरनेशनल प्रालि छन् ।

सो अवसरमा लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले ह्येन्देलाई नेपालकै सर्वोत्कृष्ट ब्रान्ड बनाउन सहयोग गर्ने आप्mना सम्पूर्ण ग्राहकहरूप्रति आभार व्यक्त गरेका छन् । ह्येन्दे मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्ने कम्पनीको दाबी छ ।

सबै हयेन्देका गाडीहरूमा ३ वर्ष वारेन्टी, ४ वर्ष निःशुल्क सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानीसहित सुविधा उपलब्ध रहेको कम्पनीले बताएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १३ ओटा शोेरुम तथा १७ ओटा सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्