ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

काठमाडौं म्यारियटलाई नेपालकै उत्कृष्ट लक्जरी होटेलको उपाधि

२०७७ भदौ, ३०  
बजार
Image Not Found

काठमाडौं (अस) । काठमाडौं म्यारियट होटेलले नेपालकै उत्कृष्ट लक्जरी होटेलको उपाधि प्राप्त गरेको छ । एशिया प्रशान्त होटेल अवार्ड २०२०–२०२१ मा म्यारियटले सो उपाधि हात पारेको हो ।

यो एशिया–प्रशान्त क्षेत्रमा होटेल उद्योगको सबैभन्दा सम्मानित अवार्ड हो । पुरस्कार समारोहको आयोजना इम्प्लोएर ब्रान्डिङ इन्ष्टिच्यूट, होटेल इन्डष्ट्री लिडरशीप अवार्ड र वल्र्ड एचआरडी कंग्रेसको संयुक्त आयोजनामा भएको थियो ।

होटेलले गत वर्ष पनि नेपालको बेष्ट रोजगादाता ब्रान्ड, बेस्ट होटेल लञ्च अफ द इयर, बेष्ट बार (रक्सी), बेष्ट इभेन्ट भेन्यू र सबैभन्दा धेरै रुचाइएको स्पा गरी ५ ओटा विधामा उपाधि पाएको थियो । होटेल सन् २०२० मा ट्रिप एड्भाइजर्स च्वाइस अवार्डका लागि समेत चयन भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्