ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने

२०७७ भदौ, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले ४ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । आईपीओ निष्कासनका लागि कम्पनीले विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ । 

कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपाने र एसबिआई मर्चेण्ट बैकिङको तर्फबाट रोशनी भारतीले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

कम्पनीले हालसम्ममा ५३ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । गत आवको चौथो त्रैमासमा कम्पनीले रू. ३ करोड ३१ लाख नाफा कमाएको थियो । हाल कम्पनीको चुक्तापूँजि रू. ६ करोड रहेको छ । 

आईपीओ निष्कासन बाँडफाँटपछि पूँजि रू. १० करोड पुग्नेछ । कम्पनीले हालसम्ममा नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छैन । निवेदन दिएर स्वीकृती पाएपछि आईपीओ निष्कासन हुनेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्