ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दुई  ओटा बैंकका ८ जना कर्मचारीमा कोरोना संक्रमण

२०७७ भदौ, ३०  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, रौतहट  । रौतहटमा आठ जना बैकका कर्मचारी कोभिड– १९ को संक्रमण देखिएको छ ।राष्ट्रिय वाणिज्य बैंक र सिभिल बैंकका आठ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा राष्ट्रिय वाणिज्य बैंक गरुडाका चार जना र सिभिल बैंक गरुडाका चार जनामा कोरोना संक्रमण देखिएको हो । 

बैंकका कर्मचारीमा कोभिड– १९ को मिल्ने लक्षण देखिएपछि राष्ट्रिय वाणिज्य बैंकले आईसोलेशनमा बस्नका लागि भाद्र २५ गते नै बैंकबाट प्रवाह हुने सेवा बन्द गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक गरुडा शाखा प्रबन्धक घनश्याम कटुवालका अनुसार यस अघि नै बैंकको एक जना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको थियो । बैकका अन्य कर्मचारीमा पनि कोभिड–१९ सँग मिल्ने लक्षण देखा परेपछि स्वाब परीक्षण गर्दा थप चार जना पनि संक्रमण देखिएको उनले जानकारी दिए ।

सिभिल बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएपछि बैंकबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । बैक तथा वित्तीय संस्थामा सर्वसाधारणको भिडभाड रहने गरेकाले कोभिड– १९ संक्रमणको जोखिम रहेको पाइएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्