ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेप्से स्थिर, दुई घण्टामा ७९ करोडभन्दा बढीको कारोबार (१ बजेको अपडेट)

२०७७ भदौ, ३०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । मंगलवार दुई घण्टाको कारोबारमा नेप्से स्थिर बनेको छ । यस अवधिमा परिसूचक शून्य दशमल शून्य १ प्रतिशत बढेर नेप्से १ हजार ५४० दशमलव ६९ विन्दुमा कायम भएको हो । सोमवार नेप्से १ हजार ५४० दशमलव ५१ विन्दुमा बन्द भएको थियो ।

मंगलवार दुई घण्टाको अवधिमा नेप्से परिसूचक सोहि विन्दुमा कायम भएको हो । यस दिन १ हजार ५४४ दशमलव ७२ विन्दुदेखि खुलेको बजार १ हजार ५४८ दशमलव ३५ विन्दुसम्म पुगेको थियो । दुई घण्टाकामा १८७ कम्पनीको रू. ७९ करोड २१ लाख १३ हजार बराबरको २४ लाख ४० हजार ४४३ कित्ता शेयर कारोबार भएको छ ।

यस अवधिसम्म कारोबारमा आएका १२ ओटा समूहमध्ये विकास बैंक, वित्त, निर्जीवन बीमा, अन्य र लघुवित्त समूहको परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । मंगलवार दुई घण्टाको कारोबारमा व्यापारिक समूहको परिसूचक सबैभन्दा बढी शून्य दशमलव ४९ प्रतिशत बढेको हो ।

दुई घण्टामा सर्वाधिक रकमको कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ५ करोड ४६ लाख ९४ हजार बराबरको शेयर कारोबार भएको हो । यस दिन दिव्यश्वरी हाइड्रोका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । दिव्यश्वरीको शेयरमूल्य १० प्रतिशत बृद्धि भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्