ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तीन घण्टामा १ अर्ब ३० करोडभन्दा बढीको शेयर कारोबार, नाफा बुकतर्फ लगानीकर्ता (२ बजेको अपडेट)

२०७७ भदौ, ३०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । केहि दिनदेखि उकालो लागेको नेप्से मंगलवार भने घटेर बन्द हुने संकेत देखिएको छ । 

कारोबारको दोस्रो घण्टासम्म बढेको बजार त्यसपछि भने घट्न थालेको हो । तीन घण्टाको कारोबारमा नेप्से परिसूचक शून्य दशमलव ७६ अंक घटेर १ हजार ५३९ दशमलव ७४ विन्दुमा झरेको छ । 

यस अवधिमा १९० ओटा कम्पनीको रू. १ अर्ब ३० करोड ३२ लाख ३६ हजारको शेयर कारोबार भएको छ । यो अवधिमा कारोबारमा आएका १२ ओटा समूहमध्ये म्युचुअल फण्डको शून्य दशमलव २ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ४२ प्रतिशत र निर्जीवन बीमा समूहको शून्य दशमलव ७१ प्रतिशत परिसूचक बढेको छ । 

परिसूचक घट्ने नौ ओटा समूहमध्ये सर्वाधिक व्यापारिक समूहको १ दशमलव ६३ प्रतिशत घटेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्