ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना महामारीबाट विश्वमा ९ लाख ३२ हजारभन्दा बढीको मृत्यु        

२०७७ भदौ, ३०  
अन्तरराष्ट्रिय
Image Not Found
कोरोना संक्रमितको उपचारमा संलग्न एक जना नर्सको फाइल तस्वीर

भदौ ३०, जेनेभा । विश्वभरी कोरोना भाइरस संक्रमणबाट ९ लाख ३२ हजार ७४४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंगलवार बताएको छ ।
  
डब्लूएचओका अनुसार विश्वमा २ करोड ९४ लाख ४५ हजार ६८८ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित २ करोड १२ लाख ७९ हजार ८३३ व्यक्ति कोरोना मुक्त भएका छन् ।     
     
हाल विश्वमा ७२ लाख ३३ हजार १११ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि डब्लूएचओले जानकारी दिएको छ । संक्रमितहरु मध्ये ६० हजार ७९८ जनाको अवस्था गम्भीर रहेको छ ।  चीनको हुपेई प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।     

कोरोना भाइरसबाट अन्त्यत प्रभावित १० ओटा देशहरुमध्ये अमेरिकामा ६७ लाख ४९ हजार २८९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यहाँ ४० लाख २७ हजार ८२६ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९९ हजार व्यक्तिको मृत्यु भइसकेकोे छ ।     

भारतमा ४९ लाख ३० हजार २३६ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ३८ लाख ५९ हजार ३९९ कोरोना भाइरस मुक्त भएका छन् भने ८० हजार ८०८ जनाको मृत्यु भएको छ ।     
ब्राजिलमा ४३ लाख ४९ हजार ५४४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ३६ लाख १३ हजार १८४ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३२ हजार ११७ जनाको मृत्यु भएको छ ।     
     
रुस १० लाख ६८ हजार ३२० जना कोरोना भाइरस संक्रमित रहेका छन । यहाँ ८ लाख ७८ हजार ७०० कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ६३५ जनाको मृत्यु भएको छ । रासस/ एएफपी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्