ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कर्मचारीले गरे बिदाई

२०७७ भदौ, ३०  
समाचार
Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङलाई मंगलवार प्राधिकरणका कर्मचारीहरुले बिदाई गरेका छन् ।

चार वर्षे  कार्यकाल सोमवार पुरा गरेका घिसिङलाई कर्मचारीहरुले एक कार्यक्रमको आयोजना गरी बुद्धको मूर्ति मायाको चिनो उपहार दिएका थिए । कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले  उनलाई  पुन : कार्यकारी निर्देशकका रूपमा प्राधिकरणमा ल्याउनुपर्ने बताएका थिए ।

 कार्यक्रममा बोल्दै उनले  प्राधिकरणको नेतृत्वमा कोही आउनु–जानु स्वभाविक प्रक्रिया भएको बताए । विसं २०५१ सालमा सातौं तहबाट  प्राधिकरणमा प्रवेश गरेका उनलाई तत्कालिन सरकारले विसं २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको थियो ।

लगभग १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई रू.३४ अर्ब सञ्चित नोक्सानीबाट रू.५ अर्बको सञ्चित नाफामा लगेको भन्दै उनलाई पुन : नियुक्त गर्नुपर्ने आवाज चौतर्फी रुपमा आइरहेको छ ।

 उनलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणले आवाज उठाएपनि सरकारले निर्णय लिइसकेको छैन । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्