ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमणबाट ३७१ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या ५६७८८ पुग्यो

२०७७ भदौ, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । नेपालमा मंगलवार थप १ हजार ४५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टाको अवधिमा थप ११ जनाको मृत्यु भएको बताए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा ७ हजार २५० जना रहेका छन् भने होम आईसोलेशनमा ७ हजार ६४० रहेका छन् । त्यसैगरी संस्थागत आईसोलेशनमा ८ हजार १३९ जना रहेका छन् ।

देशका विभिन्न अस्पतालमा कोरोना संक्रमितका २८ जना विरामीको चिकित्सकको निगरानीमा भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै आईसीयूमा रहेका बिरामीको संख्या १७४ जना रहेको छ । मंगलवारसम्ममा कुल डिस्चार्ज हुनेको संख्या ४० हजार ६३८ जना रहेका छन् भने विगत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ६२ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार मंगलवार काठमाडौं उपत्यकामा ६७६ जना कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौं जिल्लामा ५५५ जना, ललितपुर जिल्लामा३५ जना, भक्तपुरका ८६ जना रहेका छन् ।

मन्त्रालयका अनुसार कोरोनाका शून्य संक्रमित भएका जिल्लाहरूमा डोल्पा, मुगु, सोलुखुम्बु, मुस्ताङ, म्याग्दी र हुम्ला रहेका छन् भने ५०० जनाभन्दा बढी संक्रमित भएका जिल्लाहरुमा काठमाडौं, मोरङ, सुनसरी, भक्तपुर, चितवन, मकवानपुर र रूपन्देही रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्