ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अकुत सम्पत्ति कमाएको अभियोगमा वीपी प्रतिष्ठानका तत्कालीन उपकुलपतिविरुद्ध मुद्दा दायर

२०७७ भदौ, ३०  
समाचार
Image Not Found

भदौ ३०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको अभियोगमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार २०७६ पुस १७ गते सार्वजनिक सेवामा प्रवेश गरेका दासले २०७६ असार ३० गते सम्मको अवधिमा रू. सात करोड ७१ लाख ९२ हजार ८६० बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको पाइएको छ । 

आयोगका अनुसार दासको वैध आय रू. सात करोड ६० लाख १० हजार ४८९ हुनु पर्नेमा उनले सो अवधिमा रू. १५ करोड ३२ लाख तीन हजार ३५० आर्जन गरेको देखिएको छ । 

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी दासविरुद्ध हदै सम्मको कारबाहीको माग गर्दै अवैध सम्पत्ति जफतको मागसहित मंगलवार विशेष अदालतमा मुद्दा दायर गरिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्