ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतले लगायो प्याजको निर्यातमा प्रतिबन्ध 

२०७७ भदौ, ३०  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ ३०, नयाँ दिल्ली (भारत) । भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ । त्यहाँको विदेश व्यापार महानिर्देशालय (डीजीएफटी)ले सोमवार टुक्रा पारिएको, चिरिएको वा धुलो स्वरुपमा रहेको बाहेक सबै प्रकारका प्याजको निर्यातमा रोक लगाएको हो । 

‘तत्कालै लागू हुने गरी सबै प्रकारका प्याजको निर्यात प्रतिबन्धित भएको छ,’ एक सूचनामा डीजीएफटीले बताएको छ । यस प्रतिबन्धमा बैंगलोर र कष्णापुरममा उत्पादित प्याज समेत समावेश  गरिएको थियो । यसअघि भने प्रतिबन्धमा यी प्याजलाई छूट दिइएको थियो । 

‘प्याजको भाउ बढेको छ अनि घरेलु बजारमा अभाव समेत छ । यो अभाव मौसमी भएपनि कोभिड–१९ को महामारीका बेलामा विगत केही महीनामा ठूलो परिमाणमा निर्यात भएको छ,’ एक अधिकारीले भने । 

चालू आर्थिक वर्षको अप्रिल–जुन अवधिमा भारतबाट १९ करोड ८० लाख डलर बराबरको प्याज निर्यात भएको छ । गत आवभर कुल ४४ करोड डलरको प्याज निर्यात भएको थियो । 

बंगलादेश, मलेशिया र श्रीलंका भारतीय प्याजका सबैभन्दा ठूला आयातकर्ता हुन् । मूल्य बढेसँगै गत वर्ष पनि भारतले प्याजको निर्यातमा रोक लगाएको थियो । 

ढुवानी रोक्न प्याजको न्यूनतम् निर्यात मूल्य प्रतिटन ८५९ डलर तोकेको थियो । मार्चमा न्यूनतम् निर्यात मूल्य हटायो अनि प्याजको निर्यात निःशुल्क बनाइयो ।  एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्