ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उत्सर्जन घोटालामा क्षतिपूर्तिबापत अमेरिकालाई डेढ अर्ब डलर तिर्दै डेम्लर

२०७७ भदौ, ३०  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ ३०, वाशिङ्टन डीसी (अमेरिका) । जर्मन बहुराष्ट्रिय अटो निर्माता कम्पनी डेम्लरले अमेरिकामा डेढ अर्ब डलर तिर्ने भएको छ । डिजेलबाट चल्ने सवारी साधनमा कम उत्सर्जन देखाउने सफ्टवेयर जडानसम्बन्धी घोटालामा अमेरिकी सरकारले गरेको क्षतिपूर्ति दाबी सल्ट्याउन कम्पनीले सो रकम तिर्ने सहमति गरेको हो । 

२ लाख ५० हजार थान मर्सिडिज ब्रान्डका कार र भ्यानमा कम उत्सर्जन देखाउने सफ्टवेयर जडान गरेर उत्सर्जन कानूनको उल्लंघन गरेको आरोपमा कम्पनीमाथि छानबिन भएको थियो । 

कम्पनीले आरोपको खण्डन गरेको भएपनि सम्झौतालाई भने उत्सर्जनकाण्डमा महत्वपूर्ण चरण रुपमा औंल्याएको छ । यो सहमति भएसँगै कानूनी र वित्तीय जोखिमसमेत लामो अदालती प्रक्रिया टार्न समेत कम्पनी सफल भएको छ । 

सवारीधनीहरुले सामूहिक रुपमा हालेको मुद्दा सल्ट्याउन कम्पनीले अतिरिक्त ७० करोड डलर तिर्न पनि सहमति गरेको छ । डेढ अर्ब डलरमा ८७ करोड ५० लाख डलर भने जरिवाना रहेको छ । 

यो जरिवाना स्वच्छ वायु ऐन अन्तर्गत अमेरिकाले तिराएको दोस्रो ठूलो असैनिक जरिवाना हो । कम्पनीले सन् २००९ देखि सन् २०१६ को बिचमा विक्री गरिएका प्रभावित कार

कारमालिकसँग शुल्कै नलिइ बनाइदिने सहमति समेत गरेको छ । यसका लागि अतिरिक्त ४० करोड डलर खर्च लाग्ने अनुमान गरिएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्