ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला नियुक्त

२०७७ भदौ, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरेको छ ।

उर्जा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट कोइरालालाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।कोइराला प्राधिकरणको ११औं तहको उपकार्यकारी निर्देशक पदमा कार्यरत थिए ।

यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको मंगलवार प्राधिकरणबाट औपचारिक रुपमा बिदाइ भएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।

कुलमान घिसिङको ४ वर्षे कार्यकाल गत भदौ २८ गते सकिएको हो ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्