ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दुई दशकसम्म हाउजिङलाई बजार अभाव हुँदैन

२०७७ भदौ, ३१  
१० वर्ष अघि
NA

नेपाली रियल इस्टेट उद्योग यस वर्षको मंसिरअघि र पुसपछि स्पष्ट फरक अवस्थामा छ । घर तथा अपार्टमेन्ट उपभोग संस्कार उन्नत हुँदै गएको भए पनि पुसयता राष्ट्र बैंकबाट जारी निर्देशिकापछि यो उद्योग खस्किएको छ । हदबन्दीलगायतका अन्य कारणले पनि हाउजिङ व्यवसाय केही प्रभावित भएको छ ।

अहिले नयाँ परियोजना विकास गर्न पहिलेजस्तो अनुकूल वातावरण नभए पनि बर्सेनि बढ्दै गएको घर तथा अपार्टमेन्टको माग पूरा गरेर यस उद्योगलाई निरन्तर अघि बढाउनु र यस व्यवसायलाई स्वस्थ राख्नु डेभलपर्सको प्रमुख दायित्व हो । असहज परिस्थितिका कारण अहिले लगानी अनुसारको मुनाफा नभए पनि समयानुकूल मागबमोजिमको प्रोजेक्ट विकासतर्फ लाग्नु डेभलपर्सको प्रमुख जिम्मेवारी पनि हो । बजारमा अझै पनि मागको तुलनामा हाउजिङ प्रडक्टको आपूर्ति धेरै नै कम छ । त्यसैले उपभोक्ताको आवश्यकता तथा माग सम्बोधन हुने गरी समयानुकूल प्रोजेक्टहरू विकास गर्ने हो भने हाउजिङ व्यवसायीका लागि कमसेकम अझै एक दुई दशकसम्म आफ्नो उत्पादनको बजार अभाव नहुने देखिन्छ । व्यवस्थित सहरीकरण अब काठमाडौं उपत्यकाको मात्र नभएर मुलुककै आवश्यकता भएको छ । अहिले नेपालको कुल जनसंख्याको १५ प्रतिशतमात्र सहरी क्षेत्रमा बसोबास गर्छ ।

(कम्फर्ट हाउजिङ तथा रियल इस्टेट एक्सपर्टका सीईओ ओम राजभण्डारीको आलेखबाट)
वर्ष ५, अंक ३१, २०६६, चैत २३–२९

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्