ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सर्वसाधारणका लागि शेयर जारी गर्दै वर्ल्डलिंक

२०७७ भदौ, ३१  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले सर्वसाधारणका लागि शेयर (आईपीओ) जारी गर्ने घोषणा गरेको छ । कम्पनीको २५औं वार्षिकोत्सवका अवसरमा भर्चुअल पत्रकार सम्मेलन गरी सञ्चालक एवं अध्यक्ष अमित अग्रवालले छिट्टै सर्वसाधारणका लागि शेयर निष्कासन गरिने जानकारी दिएका हुन् ।

गत वर्ष पब्लिक कम्पनीका रूपमा दर्ता भएको बताउँदै अग्रवालले आगामी ३ वर्षभित्र सर्वसाधारणका लागि शेयर जारी गरिने बताए । ‘आईपीओ जारी गर्न पूर्वतयारी शुरू गरिसकेका छौं, बाँकी प्रक्रिया अघि बढाउँछौं’, उनले भने । सन् १९९५ मा दिलीप अग्रवालले स्थापना गरेको वल्र्डलिंकका हाल देशभर २१ लाख भन्दा बढी ग्राहक छन् । १० हजार ठाउँमा निःशुल्क वाइफाइ वितरण गरिरहेको कम्पनीले पछिल्लो समय टीभी सेवा पनि प्रदान गरिरहेको छ ।

वर्ल्डलिंकले प्रदान गर्ने नेट टीभीको देशभर १ लाख ८४ हजार टीभीका ग्राहक रहेको कम्पनीको भनाइ छ । देशको सबै क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पु¥याउने उद्देश्यले गत वर्ष अमेरिकी कम्पनी सीडीसी ग्रुपको १ अर्ब ३५ करोड लगानी भित्र्याएको कम्पनीका देशभर १५ लाख दैनिक सक्रिय वाइफाइ प्रयोगकर्ता छन् ।

कम्पनीले नेपालमै पहिलो पटक डायलअप प्रविधिबाट इमेल सेवा शुरू गरेर स्थापना भएको कम्पनीले प्रविधि र सामाजिक सञ्जालको विकाससँगै आफ्नो सेवालाई विस्तार गर्दै लगेको छ । हाल कम्पनीले फाइबर टू होम सेवा दिइरहेको छ । वार्षिकोत्सव अवसरमा कम्पनीका अध्यक्ष अग्रवालले पछिल्लो समय ग्रामीण दूरसञ्चार कोषको रकम परिचालन गरी कर्णाली क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरिरहेको जानकारी दिए । कम्पनीले देशभर ४ हजार जनालाई रोजगारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्