ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिटिजन्स बैंकद्वारा स्क्यान एन्ड विदड्र सेवा शुरू

२०७७ भदौ, ३१  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले स्क्यान एन्ड विदड्र सेवा शुरू गरेको छ । विद्यमान महामारीको समयमा सुरक्षित रूपमा ग्राहकलाई वित्तीय सेवा प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त सेवा शुरू गरेको बताएको छ ।

यो सेवामार्फत ग्राहकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्ने छन् । बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाभित्र दरबारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको छ भने चाँडै नै देशभरका शाखाबाट सेवा प्रदान गर्ने तयारी भइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।

स्क्यान एन्ड विदड्रको प्रयोगसँगै कर्मचारी र ग्राहकको सम्पर्क घट्ने हुँदा संक्रमणको जोखिम न्यून हुने विश्वास बैंकले लिएको छ । बैंकले देशभर फैलिएको आफ्ना ११० ओटा शाखा, ९८ ओटा एटीएम र १०४ ओटा शाखारहित बैंकिङ इकाईहरूबाट आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्