ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मेटलाइफले ल्यायो नयाँ ग्राहक सेवा एप

२०७७ भदौ, ३१  
बजार
NA

काठमाडौं (अस) । मेटलाइफ लाइफ इन्स्योरेन्स कम्पनीले बीमासम्बन्धी सेवा र सुविधालाई थप सजिलोसँग पहुँच बढाउन र आफ्नो बीमा पोलिसी व्यवस्थापन गर्न नयाँ ग्राहक सेवा एप ल्याएकोे छ । यसले ग्राहकलाई घरमै बसेर मोबाइलमार्फत कम्पनीको विभिन्न सेवाहरूमा पँहुच पुर्‍याउने बताइएको छ ।

डिजिटल थिम अन्तर्गत सोमवार मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मलकाजी श्रेष्ठले भर्चुअल कार्यक्रममार्फत उक्त एपको अनावरण गरेका थिए । एकपटक ग्राहकले सुरक्षित रूपमा एपलाई लगइन गरेपछि उनीहरूले आफ्नो बीमा पोलिसीको स्थिति, कुल प्रिमियम भुक्तान गरिएको र भुक्तानी गरिएको प्रिमियम किस्ताका साथै उनीहरूको पोलिसीहरूको विस्तृत विवरण जस्ता जानकारी हेर्न सक्ने छन् ।

यस्तै नयाँ बीमा पोलिसी लिन इच्छुक ग्राहकहरूले पनि यो एपलाई प्रयोग गरी मेटलाइफका विभिन्न बीमा उत्पादनहरूका विवरणहरू हेर्न सक्ने कम्पनीको भनाइ छ । साथै यदि कुनै सेवामा इच्छा भएमा आफ्नो जानकारी पेश गर्न सक्ने छन् भने उपलब्ध विवरणको आधारमा मेटलाइफका प्रतिनिधिहरूले ग्राहकलाई सम्पर्क गर्ने छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्