ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल

२०७७ भदौ, ३१  
बजार
Image Not Found

काठमाडौं (अस) । निर्जीवन बीमा व्यवसाय गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् । आइतवार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सर्वसम्मत रूपमा अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । अग्रवालले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष अग्रवाल व्यावसायिक घराना विशाल ग्रुपसँग सम्बन्धित छन् ।

गत शुक्रवार सम्पन्न कम्पनीको १८औं साधारणसभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक बिजुक्छेंलाई सञ्चालकमा निर्वाचित गरेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्