ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

माउण्टेन इनर्जीको आईपीओ आजदेखि विक्री खुला

न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने 

२०७७ भदौ, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३१, काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले यस अघि स्थगित गरेको आईपीओ बुधवारदेखि विक्री खुला गरेको छ । 

कम्पनीले पहिलो चरणमा आयोजनाबाट प्रभावित म्याग्दी र नुवाकोट जिल्लाका स्थानियका लागि आईपीओ विक्री खुला गरेको हो । यस अघि गत साउन ८ गतेदेखि निष्कासन गर्ने भनिएकोमा बाढी पहिरोका कारण आयोजना क्षेत्रमा गएर सेवा दिन नसकिने भन्दै स्थगित गरेको थियो । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि रू. १९ करोड ६८ लाख २ हजार ७०० बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । दोस्रो चरणमा सर्वसाधारणका लागि पनि सोहि रकम बराबरको आईपीओ विक्री गर्नेछ ।

स्थनिय र सर्वसाधारणका लागि गरि कुल  रू. ३९ करोड ३६ लाख ५ हजार ४०० बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार २५ गतेनै अनुमति पाएको हो । 

छिटोमा असोज १४ र ढिलोमा असोज २९ गतेसम्म आवेदन दिन सकिने उक्त कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीले आयोजना प्रभावित स्थानियका लागि छुट्याएको कुल कित्तामध्ये नुवाकोट र म्याग्दी जिल्लाको अतिप्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर छ्ट्याएको छ । उक्त कम्पनीले म्यादी जिल्लामा ३८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहको छ । 

आईपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेड रहेका छन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले वित्तीय अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । 

नुवाकोट जिल्लाको अति प्रभावित अन्नपूर्ण गाउँपालिका वडा नं. ४ (साविकको नारच्याङ गाविस) र तादी गाँउपालिका वडा नं २, ३ र ४ (साविकको रालुकादेवि र सुन्दरदेवि गाविस) हुन भने तादी गाँउपालिका पन्चकन्या गाँउपालिका र लिखु गाँउपालिका प्रभावित क्षेत्र हुन् ।

त्यस्तै म्याग्दीका अन्नपुर्ण गाँउपालिका वडा नं ४ अतिप्रभावित क्षेत्र हो भने अन्नपुर्ण गाँउ पालिका प्रभावित क्षेत्र हुन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्