ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ग्लोबल आइएमई समुन्नत योजनाद्वारा प्रतिफल वितरणका लागि बुक क्लोजको मिति तय 

२०७७ भदौ, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३१, काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना -१ ले घोषणा गरेको प्रतिफल वितरणका लागि असोज ९ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । 

कम्पनीले बुधवार सूचना जारी गरी आर्थिक वर्ष २०७६/७७ का लागि घोषणा गरेको ४ प्रतिशत प्रतिफलका लागि बुक क्लोजको मिति सार्वजनिक गरेको हो । 

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको भदौ १४ गतेको सञ्चालक समितिको बैठकले उक्त प्रतिफल दिने निर्णय गरेको थियो । 

बुक क्लोजको आधारमा असोज ९ गतेभन्दा अघिल्लो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई प्रचलित कानून बमोजिम तोकिएको अवधिभित्र रितपूर्वक नामसारी भई आएका इकाईधनीहरुले मात्र उक्त प्रतिफल पाउनेछन् । 

यस योजनाले रू. १० करोड बराबरको इकाई विक्री गरेको थियो । साउन मसान्तसम्म यस योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य १० रूपैयाँ ६४ पैसा रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्