ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कलंकी–नागढुंगा सडकको मर्मत कार्य शुरु

२०७७ भदौ, ३१  
समाचार
Image Not Found
फाइल फोटो

भदौ ३१, काठमाडौं । गत वर्ष निर्माण सम्पन्न भएको कलंकी–त्रिपुरेश्वर–नागढुंगा सडकमा मर्मतको काम भइरहहेको छ । निर्माण सम्पन्न भएको १३ महीनासम्म निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने भएकाले सोहीअनुसार मर्मत भइरहेको हो । 

त्रिपुरेश्वरदेखि कलंकीसम्मको सडक मर्मत भइसकेकाले कलंकीदेखि नागढुंगा खण्डमा मर्मत भइरहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जानकारी दिएको छ । 

आयोजना प्रमुख गुरु अधिकारीका अनुसार निर्माण सम्पन्न भएपछिको १३ महीनासम्ममा जुन कम्पनीले सडक निर्माण गरेको हो, समस्या आउँदा उसैले मर्मत गर्नुपर्छ । ‘यस खण्डमा देखिएको त्रुटि सच्याउने काम भइरहेको छ’, प्रमुख अधिकारीले भने, ‘यो खण्डमा काम भएपछि नै डिभिजन सडक कार्यालयलाई हस्तान्तरण गरिनेछ ।’

उक्त सडक उपत्यकाको विस्तारित सडकमध्ये सबैभन्दा पहिले निर्माण सकिएको सडक हो । पाँच वर्षपहिले नै सडक विस्तारका लागि ठेक्का सम्झौता भए पनि सडकसँगै घर भएका स्थानीयवासीको अवरोधका कारण दुई वर्षसम्म निर्माण ठप्प थियो । 

स्थानीयवासीले घर भत्काउन नमानेपछि सरकारले उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा सडकको निर्माण भएको थियो । 

उपलब्ध चौडाइमा मात्रै सडक निर्माण गर्दा झण्डै आधा लम्बाइमा मापदण्डानुसार चौडाई कायम भएको छ । मापदण्डानुसार २२ मिटर चौडाई कायम भएको स्थानमा मात्रै आयोजनाले दुवैतर्फ हिमपाइप र पैदलयात्रु मार्ग निर्माण गरेको छ । चौडाई कम भएका स्थानमा सडक उपलब्ध भएपछि नै पैदलयात्रु मार्ग निर्माण गरिनेछ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्