ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बुधवार पहिलो घण्टामा १.८२ अंकले घट्यो नेप्से, एनआरएन लघुवित्तको शेयरमूल्य सर्वाधिक वृद्धि (१२ बजेको अपडेट) 

२०७७ भदौ, ३१  
लगानी
Image Not Found

भदौ ३१, काठमाडौं । बुधवार नेप्से कारोबार भएको पहिलो घण्टामा १ दशमलव ८२ अंकले घटेको छ । 

१ हजार ५३७ दशमलव ३५ विन्दुबाट कारोबार शुरु भएको बजार कारोबारको यस अवधिमा शून्य दशमलव १२ प्रतिशत घटेर १ हजार ५३४ दशमलव २२ विन्दुमा पुगेको छ । 

पहिलो घण्टमा १२ समूहकै परिसूचक कारोबारमा आएको छ । जसमध्ये बैंकिङ, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने व्यापार, होटल्स र जीवन बीमा समूहको परिसूचक बढेको छ । 

पहिलो घण्टाको अवधिमा १६८ ओटा कम्पनीको ५ हजार ४३० पटकको कारोबारमा ९ लाख ३६ हजार ३५१ कित्ता शेयरको रू. २८ करोड १० लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २ करोड ३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८७९ मा कारोबार भइरहेको छ । 

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ७७५ मा रू. १ करोड ४९ लाख बराबरको शेयरको खरीदविक्री भएको छ । 

कारोबारको पहिलो घण्टामा एनआरएन लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ । त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ८९ प्रतिशत बढेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्