ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दोस्रो घण्टामा नेप्से स्थिर, ५ ओटा कम्पनीको शेयरमूल्य ९% भन्दा बढीले वृद्धि (१ बजेको अपडेट) 

२०७७ भदौ, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३१, काठमाडौं । बुधवार दोस्रो घण्टामा नेप्से स्थिर रहेको छ । कारोबारको पहिलो घण्टामा १ दशमलव ८२ अंकले घटेको बजार दोस्रो घण्टामा पनि १ दशमलव ८२ अंकले घटेको छ । 
कारोबार शुरु भएदेखि नै उतारचढावमा रहेको बजार कारोबारको यस अवधिमा शून्य दशमलव १२ प्रतिशत घटेर १ हजार ५३४ दशमलव १२ विन्दुमा पुगेको छ । 

दोस्रो घण्टाको अवधिमा १८५ ओटा कम्पनीको १२ हजार ३६७ पटकको कारोबारमा २३ लाख ४८ हजार ८०५ कित्ता शेयरको रू. ६८ करोड ६० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४ करोड ७५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८८१ मा कारोबार भइरहेको छ । 

कारोबारको दोस्रो घण्टामा घलेम्दी हाइड्रोको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ८९, एनआरएन लघुवित्तको ९ दशमलव ८७,  आँखुखोला हाइड्रोपावरको ९ दशमलव ३३ र दिव्यश्वरी हाइड्रोको शेयरमूल्य ९ दशमलव शून्य ९ प्रतिशत बढेको छ ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ, जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने व्यापार, विकास बैंक, होटल्स, निर्जीवन बीमा र जीवन बीमा समूहको परिसूचक बढेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्