ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

११ ओटा वित्त कम्पनीको लाभांश क्षमता औषतमा ६.८८ प्रतिशत

२०७७ भदौ, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३१, काठमाडौं । गत आवको चौथो त्रैमासमा ११ ओटा वित्त कम्पनीको लाभांश क्षमता औषतमा ६ दशमलव ८८ प्रतिशत रहेको छ । ११ ओटा कम्पनीहरुमध्ये सबैभन्दा बढी समृद्धि फाइनान्स कम्पनीको रहेको छ । 

कम्पनीको लाभांश क्षमता १४ दशमलव ६१ प्रतिशत रहेको हो । यस कम्पनीको गत आवको चौथो त्रैमासमा वितरणयोग्य नाफा रू.२ करोड ६६ लाख रहेको छ ।  ११ ओटा कम्पनीहरुमध्ये २ ओटा कम्पनीको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । 

प्रोग्रेशिभ फाइनान्स र ललितपुर फाइनान्सको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको हो । प्रोग्रेशिभ फाइनान्सको वितरणयोग्य नाफा रू. ३ करोड २४ लाख र ललितपुर फाइनान्सको रू. ३६ लाख ८७ हजार रहेको छ । 

वितरणयोग्य नाफा ऋणात्मक भएकाले यी दुवै कम्पनीको लाभांश क्षमता पनि ऋणात्मक रहेको छ । चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका १६ ओटा कम्पनीहरु मध्ये पाँच कम्पनीले वितरणयोग्य नाफा उल्लेख गरेका छैनन् । सो अवधिमा सबैभन्दा बढी वितरणयोग्य नाफा मञ्जुश्री फाइनान्स कम्पनीको रू. ११ करोड ९४ लाख रहेको छ । 

एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको मुनाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । यहि नाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । 

यद्यपि कम्पनीहरुले जगेडा कोष र शेयर प्रिमियबाट पनि लाभांश वितरण गर्ने गर्दछन् ।  यस कारण पनि कम्पनीको लाभांश क्षमता बढ्न सक्छ ।

लाभांश क्षमता यसरी निकालिन्छ :
कम्पनीको वितरणयोग्य नाफा÷चुक्तापूँजी ×१००

                                                                                        स्रोत : कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरण 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्