ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तेस्रो घण्टामा ७.५७ अंकले उकालो लाग्यो बजार, कारोबार रकम १ अर्ब १२ करोड (२ बजेको अपडेट) 

२०७७ भदौ, ३१  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३१, काठमाडौं । बुधवार तेस्रो घण्टामा नेप्से परिसूचक ७ दशमलव ५७ अंकले बढेर १ हजार ५४३ दशमलव ६० विन्दुमा पुगेको छ । 

तेस्रो घण्टाको अवधिमा १९२ ओटा कम्पनीको रू. १ अर्ब १२ करोड ८४ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी १० समूहको परिसूचक बढेको छ । 

कारोबारको तेस्रो घण्टामा पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ५ करोड ९७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८८७ मा कारोबार भइरहेको छ । 

कारोबारको तेस्रो घण्टामा घलेम्दी हाइड्रो र बरुण हाइड्रोपावरकोे शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले वृद्धि भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्