ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बुधवार २३ ओटा कम्पनीको शेयर मूल्य ९% भन्दा बढीले वृद्धि

२०७७ भदौ, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३१, काठमाडौं । बुधवार कारोबार आएका १९४ ओटा कम्पनीहरुमध्ये २३ ओटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । २३ ओटा कम्पनीहरुमध्ये तीन ओटा कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । घलेम्दी हाइड्रो, बरुण हाइड्रोपावर र सिनर्जी पावर डेभलपमेण्ट कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको हो । 

९ प्रतिशतभन्दा बढीले वृद्धि हुने कम्पनीहरुमा धेरै जलविद्युत कम्पनी रहेका छन् । २३ ओटा कम्पनीहरु मध्ये १८ ओटा जलविद्युत कम्पनी तीन ओटा होटल, एक लघुवित्त र एक लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीको दरले वृद्धि भएको छ । 

यी सबै कम्पनीको शेयर मूल्यमा विक्रेताभन्दा खरीदकर्ता अधिक भएपछि शेयर मूल्य बढेको हो । बुधवार ९७ ओटा कम्पनीको शेयर मूल्य बढेको, ५५ ओटा कम्पनीको शेयर मूल्य घटेको भने १७ ओटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्