ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बुधवार थप १ हजार ५३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८ हजार ३२७ पुग्यो

२०७७ भदौ, ३१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३१, काठमाडौं । नेपालमा बुधवार थप १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

साथै, पछिल्लो २४ घण्टामा १ हजार ६८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज भएर घर फर्कनेको संख्या ४१ हजार ७०६ रहेको छ । 

यस्तै, बुधवार नेपालमा थप आठ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ३७९ पुगेको छ ।

हाल क्वारेन्टाइनमा रहनेको संख्या सात हजार ८२० रहेको छ । यस्तै, संस्थागत आइसोलेशनमा आठ हजार ५४१ जना र होम आइसोलेशनमा सात हजार ७०१ जना रहेका छन् । 

पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ४९४ पीसीआर परीक्षण भएको छ । यो सँगै देशमा कुल आठ लाख ७२ हजार २७४ पीसीआर परीक्षण भइसकेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्