ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बुधवार ५.३६ अंक बढेर बन्द भयो बजार, १९४ कम्पनीको १ अर्ब ८४ करोडभन्दा बढीको शेयर कारोबार

२०७७ भदौ, ३१  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३१, काठमाडौं । मंगलवार सामान्य अंकले करेक्सन भएको बजारले बुधवार भने सकारात्मक गति लिएको छ । यसदिन बजार ५ दशमलव ३६ अंक बढेर १ हजार ५४१ दशमलव ४० विन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन मंगलवार ४ दशमलव ४७ अंक घटेर १ हजार ५३६ दशमलव शून्य ३ विन्दुमा बजार बन्द भएको थियो ।

बुधवार १ हजार ५३७ दशमलव ३५ विन्दुदेखि खुलेको बजार १ हजार ५४३ दशमलव ९९ विन्दुसम्म पुगेको थियो भने १ हजार ५३० दशमलव ६८ विन्दुसम्म झरेको थियो । निकै उतारचढाबका बिच नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि न्यून अंकले बढेको छ । सेन्सेटिभ इन्डेक्स यो दिन शून्य दशमलव ८३ अंकले बढेर ३०५ दशमलव ४८ विन्दुमा पुगेको हो ।

अघिल्लो कारोबार दिनको तुलनामा बुधवार कारोबार रकम पनि बढेको छ । मंगलवार रू. १ अर्ब ८० करोड १ लाख ९७ हजार बराबरको शेयर कारोबार भएको थियो । बुधवार भने १९४ कम्पनीको रू. १ अर्ब ८४ करोड ५६ लाख ३४ हजार बराबरको ६३ लाख ९० हजार ८३ कित्ता शेयर कारोबार भएको हो ।

यस दिन होटल समूहका शेयरप्रति लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । बुधवार होटल समूहको परिसूचक ९ दशमलव शून्य ४ प्रतिशत बढेको छ । यो दिन कारोबारमा आएका १२ समूहका परिसूचकमध्ये बैंकिङ समूहको शून्य दशमलव ३७ प्रतिशत परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । 

होटलसँगै यस दिन जलविद्युत र व्यापारिक समूहको परिसूचक पनि सर्वाधिक बढेको छ । जलविद्युत समूहको ४ दशमलव ७१ प्रतिशत र व्यापारिक समूहको २ दशमलव १२ प्रतिशत परिसूचक बढेको हो ।

त्यस्तै बुधवार विकास बैंकको शून्य दशमलव १२ प्रतिशत, वित्तको शून्य दशमलव १६ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५२ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव शून्य ९ प्रतिशत, अन्यको शून्य दशमलव १५ प्रतिशत, लघुवित्तको शून्य दशमलव १९ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ७४ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ५१ प्रतिशत परिसूचक बढेको हो ।

बुधवारको कारोबारमा पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यसदिन कम्पनीको रू. ९ करोड ६१ लाख ९६ हजार बराबरको शेयर कारोबार भएको हो । बढेर बन्द भएको बजारमा एनआईसी एशिया ब्यालेन्सड् फण्डको ३ दशमलव ८७ प्रतिशत र लक्ष्मी इक्वीटी फण्डको ३ दशमलव ७१ प्रतिशतले इकाई मूल्य घटेको छ । 

बुधवार तीन जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यस दिन सिनर्जी पावर डेभलपमेण्ट, घलेम्दी हाइड्रो लिमिटेड र बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्