ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दलितमाथि हुने विभेदविरुद्ध माईतीघरमा प्रर्दशनी

२०७७ भदौ, ३१  
समाचार
Image Not Found

भदौ ३१, काठमाडौं । ‘दलित माथि हुने विभेदहरुको प्रतिरोध गरौ’ भन्ने नारासहित युवाहरुले माईतीघर मण्डलामा धर्ना दिएका छन् । संयुक्त राजनीतिक दलित संघर्ष समिति, काठमाडौं र नागरिक समाजको आयोजनामा मण्डलामा उनीहरुले धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् ।

सबै दलितहरू र अन्य जातीय घटनाको विरोध गर्दै न्यायको माग गर्दै उनीहरु धर्नामा बसेका हुन् ।

पछिल्लो समय दलित समुदाय माथि जघन्य अपराधका घटनाहरु भएका छन् । दलितमाथि भएको विभेद र अत्याचारका घटनालाई सरकारले गम्भिर रुपमा लिएको देखिदैन ।

भदौ २६ गते कैलाली जिल्ला, धनगढी–५ का १९ वर्षीय रोशन विक प्रहरी हिरासतको शौचालयमा मृत भेटिए । पीडित परिवार र दलित अधिकारकर्मीले प्रहरीको यातनाले विकको मृत्यु भएको भन्दै विरोध गरिरहेका छन् । तर यो विषयमा प्रहरीमाथि कुनै छानबिन भने भएको देखिदैन ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्