ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै सुगा 

२०७७ भदौ, ३१  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ ३१, टोकियो । सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का नयाँ अध्यक्ष योशिहिदे सुगाले जापानको प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका छन् । 

उनले कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्ने र महामारीले ध्वस्त भएको अर्थतन्त्रलाई उकास्नु पर्ने चुनौती पूरा गर्नु पर्नेछ  । बुधवार मध्यान्न संसदको अतिरिक्त सत्रमा सुगालाई प्रधानमन्त्रीको रुपमा औपचारिक रुपमा चयन गरिएको छ । उनको नेतृत्वमा गठन हुने मन्त्रीपरिषद्मा बाहिरिदै गरेका प्रधानमन्त्री सिञ्जो आबेकै मातहतका मन्त्रीहरु रहने अनुमान गरिएको छ । 

सुगाले आबेको आक्रामक मौद्रिक तथा वित्तीय नीतिलाई ‘आबेनोमिक्स’लाई निरन्तरता दिने वाचा गरेका छन् । दशकौं देखि अफस्फीतिको चक्रमा फसकेको जापानी अर्थतन्त्रलाई सो चक्रबाट माथि उकास्न र अर्थतन्त्रलाई गति दिन आबेले सो नीति ल्याएका थिए । कोभिड–१९ को महामारीसँग जुध्न सरकारले २ हजार ३०० खर्ब येन (२२ खर्ब अमेरिकी डलर) छुट्याएको छ । 

यो रकम महामारीका कारण व्यवसाय चौपट भएका कम्पनीलाई सहुलियत, आन्तरिक पयर्टनलाई टेवा दिने अभियान लगायत उपायहरुमा खर्च गरिनेछ । अर्थतन्त्रलाई टेवा दिन सुगा नेतृत्वको सरकारले अतिरिक्त कदम चाल्ने सम्भावना समेत रहेको छ । उनले आबेको राष्ट्रिय सुरक्षा नीतिको समीक्षालाई समेत निरन्तरता दिनेछन् । सुगा प्रधानमन्त्री बन्ने निश्चित भएसँगै मन्त्रीपरिषद्का प्रमुख सचिवका रुपमा स्वास्थ्य मन्त्री कासुनोबु काटोलाई नियुक्त गरिएको छ । 

अर्थमन्त्री तारो आसो, विदेश मन्त्री तोशिमिसु मोतेगी पनि सोही पदमा यथावत् रहने अनुमान गरिएको छ । रक्षामन्त्री तारो कानोलाई भने प्रशासनिक सुधारको जिम्मा दिइने भएको छ ।

सुगाले कर्मचारी प्रशासनमा हुने ढिलासुस्ती र गूटबन्दी घटाउने प्रतिबद्धता गरेका छन् । आबेको मन्त्रीपरिषद्ले बुधवार बिहान राजिनामा दिएको छ । यो सँगै करीब ८ वर्ष लामो आबेको कीर्तिमानी कार्याकाल समाप्त भएको छ । उनले अगष्टको अन्त्यतिर स्वास्थ्यको कारण देखाउँदै राजिनामा दिएका थिए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्