ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लघुवित्तको प्रतिस्पर्धा सहकारी र फाइनान्ससँग

२०७७ असोज, १  
१० वर्ष अघि
NA

निक्षेप संकलन गर्न दिने राष्ट्र बैंकको निर्णयसँगै लघु वित्त संस्थाहरूको महत्वाकांक्षा एक्कासि बढेको छ । उनीहरूले अब कर्जा प्रवाहको क्षेत्र पनि बढाउनुपर्छ भन्न थालेका छन् । अहिले सामान्य गरिबलाई ६० हजारसम्म र स्नातक उत्तीर्ण गरिबलाई १ लाख ५० हजारसम्म विनाधितो कर्जा उपलब्ध गराउन सकिन्छ । निक्षेप संकलन गर्न पाएपछि कर्जाको सीमा बढाएर ५ वा १० लाख पु¥याउनुपर्छ भन्ने आवाज लघुवित्तको क्षेत्रमा काम गर्ने केही व्यक्तिहरूले उठाउन थालेका छन् । लघुवित्त संस्थाहरूले बैंक तथा वित्तीय संस्थाले जस्तो कर्जा लिन पाइँदैन । अहिलेको यो प्रावधानलाई हटाएर ५ वा १० लाखसम्म कर्जा दिन पाउनेबित्तिकै त्यो कर्जा वास्तविक गरिबले नपाउने अवस्था सिर्जना हुन्छ । ५–१० लाखसम्म रुपैयाँ ऋण लिने हैसियतको व्यक्ति अति विपन्न गरिब हुन सक्दैन । ऊ मध्यम खालको गरिब वा धनी व्यक्ति हुन्छ । त्यसले गर्दा कर्जाको सीमा बढाउनेबित्तिकै गरिबको नाममा गैरगरिबले कर्जा पाउन सक्ने अवस्था आउन सक्छ । केही समयअघिसम्म राष्ट्र बैंकले बैंकहरुलाई गरिबको बीचमा लगानी गर्न प्रेरित गर्ने उद्देश्यले २५ लाख रुपैयाँसम्म प्राथमिकताप्राप्त क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यो व्यवस्थाअनुसार हरेक बैंकहरूले राष्ट्र बैंकमा रिपोर्ट बुझाउँदा गरिबहरूको बीचमा लगानी गरेको, प्राथमिकताप्राप्त क्षेत्रमा लगानी गरेको बताउँथे । जबकि उनीहरूले गर्ने लगानी गरिबहरूको बीचमा पुग्दैनथ्यो । अहिले लघुवित्त संस्थाहरूले दिने कर्जाको क्षेत्र बढाउनेबित्तिकै त्यही अवस्था आउने निश्चित छ ।

((डा. हरिहरदेव पन्तको आलेखबाट))
वर्ष ५, अंक ३१, २०६६, चैत २३–२९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्