ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआईसी एशिया बैंक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजको फाइनान्स पार्टनर

२०७७ असोज, १  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । एनआईसी एशिया बैंक कियाका सवारीसाधनको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिको फाइनान्स पार्टनर (वित्तीय साझेदार) बनेको छ । यससम्बन्धी सम्झौतामा बुधवार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र कन्टिनेन्टलका तर्फबाट सहायक निर्देशक आशीष पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै किया ब्रान्डका कार विक्री गर्दा कम्पनीले बैंकलाई वित्तीय साझेदार बनाउने र बैंकले किया ब्रान्डका उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहजता प्रदान गरिने भएको छ । बैंकका अनुसार एनआईसी एशियाको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८ दशमलव २५ प्रतिशत ब्याजदर तथा ० दशमलव २५ प्रतिशत प्रशासनिक शुल्कका साथमा सो ब्रान्डका कारहरू खरीद गर्न सकिने छ ।

यस्तै कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजद्वारा विक्री गरिने किया ब्रान्डका कार खरीद गर्दा काठमाडौं उपत्यकाका उपभोक्ताहरूले प्रशासनिक शुल्क भुक्तानी गर्न नपर्ने बताइएको छ । यो सुविधा रातो प्लेटका निजी तथा व्यावसायिक प्रयोजनका लागि सवारी खरीद गर्न चाहने ग्राहकहरूले मात्र लिन सक्ने छन् । कन्टिनेन्टलका देशभर रहेका डिलरहरूमा यो सेवा उपलब्ध छ ।

सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा घरजग्गा दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ । चमत्कारिक सवारी कर्जामार्फत ग्राहकलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको एनआईसी एशिया बैंकले बताएको छ । सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम रू. २ करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरीद गर्न सकिने व्यवस्था छ ।

बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यावसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी बैंक र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजबीच भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्