ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

काठमाडौंका विद्यालय भवन पुनर्निर्माणले गति लिँदै

२०७७ असोज, १  
वाग्मती प्रदेश
Image Not Found

काठमाडौं । २०७२ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले भत्काएका भौतिक संरचना प्रायः ठडिँदै छन् । पछिल्लो समय कोरोना भाइरसको महामारीले अवरोध उत्पन्न गरेको भए पनि सरकारी भौतिक संरचना तथा सम्पदा पुनर्निर्माणले केही समययतादेखि गति लिएको छ । नागरिकका व्यक्तिगत संरचना अथवा घर पनि पहिलेको अवस्थामा आउनेक्रम जारी छ ।
गृह मन्त्रालयका अनुसार गोरखा भूकम्पका कारण देशभर ९ हजार ३५३ विद्यालयका ५५ हजार ३६७ कक्षाकोठामा क्षति पुगेको थियो, जसमध्ये २२ हजार ४०१ कक्षाकोठामा पूर्ण क्षति पुग्नुका साथै ३२ हजार ९६६ कक्षाकोठा आंशिकरुपमा क्षति पुगेको थियो । भूकम्पले शिक्षा क्षेत्रमा मात्र रू. ३२ अर्ब बराबरको क्षति भएको थियो ।

भूकम्पले देशको राजधानी काठमाडौंका विद्यालयमा समेत ठूलो क्षति पुगेको थियो । यसबाट काठमाडौंमा रहेका २८१ विद्यालयमध्ये १९२ विद्यालयमा क्षति पुगेको शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेल बताउँछन् ।

काठमाडौंका विद्यालय पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)ले लिएको छ । भूकम्पले क्षति पु¥याएका १९२ विद्यालयमध्ये १२८ पुनर्निर्माण, ३४ रेट्रोफिट र ३० पुनर्निर्माण तथा रेट्रोफिट गर्नुपर्ने भएको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का इञ्जिनीयर सागर पौडेलले भूकम्पले क्षति पुगेका १९२ विद्यालयमध्ये ८० विद्यालय पुनर्निर्माण सम्पन्न भइसकेको बताए । सम्पन्न भइसकेका विद्यालय हस्तान्तरणसमेत भइसकेको उनले जानकारी दिए ।

पुनर्निर्माण भएका ८० विद्यालयमध्ये विद्यालय व्यवस्थापन समितिको सक्रियतामा ५५ विद्यालयका ५२१ कक्षाकोठा, एशियाली विकास बैंकको ऋण सहयोगमा १३ विद्यालयका २७१ कक्षाकोठा र सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगमा १२ विद्यालयका १३६ कक्षाकोठा निर्माण सम्पन्न भइसकेको छ ।

भूकम्पले क्षति पुगेको विद्यालयमध्ये बौडेश्वर माध्यमिक विद्यालय झोर पनि एक हो । भूकम्पले उक्त विद्यालयका दुईओटै भवनमा क्षति पु¥याएको थियो भने अर्को एक भवन बन्दै थियो । एक रोपनी ११ आना क्षेत्रफलमा रहेको बौडेश्वर माविले पुनर्निर्माणमा भने निकै समस्या झेल्नुपरेको थियो ।

विद्यालय व्यवस्थापन समितिको सक्रियतामा निर्माण गरिएको उक्त विद्यालय पुनर्निर्माणका लागि भूकम्प पुनर्निर्माण प्राधिकरण (शिक्षा) शाखाले रू. ६५ लाख, बागमती प्रदेश सरकारले रू. २० लाख र टोखा नगरपालिकाले रू. १४ लाख सहयोग गरेको थियो । रू. १ करोड १५ लाख हाराहारीमा सम्पन्न भएको उक्त विद्यालय पुनर्निर्माणको बाँकी रकम टोखा नगरपालिका–१ ले सहयोग गरेको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्