ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पहिरोको कारण नारायणगढ–मुग्लिन सडक पुन: अवरुद्ध

२०७७ असोज, १  
वाग्मती प्रदेश
Image Not Found

असोज १, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चारकिलोमा बिहीवार बिहान ४:३० बजे पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले पहिरो पन्छाउने काम जारी छ । 

पहिरो खस्न रोकिएसँगै बिहानैदेखि सडक सफा गर्न शुरु गरिएको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ ।  

पहिरोका कारण सो सडकखण्ड हुँदै चल्ने सवारीसाधन बाटोमा रोकिएका छन् । बुधवार बिहान खसेको पहिरो पन्छाएर ११ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो । 

सो सडकमा सोमवार रातिदेखि पटक पटक पहिरो खस्दै आएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्