ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लामो दूरीका सार्वजनिक यातायात आजबाट सञ्चालनमा

२०७७ असोज, १  
समाचार
Image Not Found

असोज १, काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण बन्द भएका सार्वजनिक यातायात आज (बिहीवार)बाट सञ्चालनमा आएका छन् ।

सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै लामो दूरीका सवारी साधन सञ्चालनमा आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै लामो दूरीका सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेसँगै आजबाट यातायात सञ्चालनमा आएका हुन् । 

साबिकको भाडा दरमा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने र एकपंक्तिमा रहेको सिटमा एकजनामात्रै यात्रु राख्न पाइने निर्णय सरकारले गरेको छ । साथै यात्रु तथा सार्वजनिक गाडीका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ ।

स्वास्थ्य सावधानीका उपाय पालना गरे /नगरेको पत्ता लगाउन ठाउँ–ठाउँमा चेकिङको व्यवस्था मिलाइएको छ । यदि पालना नगरेको पाइए कारबाही गर्ने चेतावनी सरकारले दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्