ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१० ओटा समूहको परिसूचक सकारात्मक हुँदा १२.६१ अंकले उकालो लाग्यो बजार (१२ बजेको अपडेट) 

२०७७ असोज, १  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज १, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार १० ओटा समूहको परिसूचक सकारात्मक हुँदा नेप्से परिसूचक १२ दशमलव ६१ अंकले बढेको छ । 

बैंकिङ, विकास बैंक, होटल्स, जलविद्युत, वित्त, निर्जीवन बीमा, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र लघुवित्त समूहको परिसूचक बढेको छ भने व्यापार, म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । 

१ हजार ५५५ दशमलव ८६ विन्दुबाट कारोबार शुरु भएको बजार कारोबारको यस अवधिमा शून्य दशमलव ८२ प्रतिशत बढेर १ हजार ५५४ दशमलव शून्य १ विन्दुमा पुगेको छ । 

पहिलो घण्टाको अवधिमा १७२ ओटा कम्पनीको ११ हजार ७८६ पटकको कारोबारमा ३१ लाख ११ हजार ९६ कित्ता शेयरको रू. ५२ करोड २२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म सोल्टी होटल्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३ करोड ३८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १९८ मा कारोबार भइरहेको छ । 

कारोबारको पहिलो घण्टामा सोल्टी होटल्स, तारागाउँ रिजेन्सी र रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्