असोज १, काठमाडौं । बिहीवार कारोबारको दोस्रो घण्टामा नेप्से १५ दशमलव ४८ अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको बजार कारोबारको यस अवधिमा १ प्रतिशत बढेर १ हजार ५५६ दशमलव ८७ विन्दुमा पुगेको छ ।
दोस्रो घण्टाको अवधिमा १८३ ओटा कम्पनीको २० हजार ७५८ पटकको कारोबारमा ५० लाख २८ हजार ७०५ कित्ता शेयरको रू. १ अर्ब ७ करोड ६६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
यस अवधिसम्म सोल्टी होटल्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४ करोड ४२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १९८ मा कारोबार भइरहेको छ ।
कारोबारको दोस्रो घण्टामा सोल्टी होटल्स, तारागाउँ रिजेन्सी र रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ ।
यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ, विकास बैंक, होटल्स, जलविद्युत, वित्त, निर्जीवन बीमा, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र लघुवित्त समूहको परिसूचक बढेको छ भने व्यापार, म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।