ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मेरो शेयरको मोवाईल एप सञ्चालनमा, माई आस्बा बाहेकका सबै सेवा उपलब्ध 

२०७७ असोज, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १, काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले मेरो शेयरको मोवाईल एप सञ्चालनमा ल्याएको छ । सिडिएससीले बुधवार बेलुका एप तयार गरी गुगल प्लेस्टोरमा राखेको हो । 

यसअघि सञ्चालन गर्दै आएको मेरो शेयर सफ्टवेयरलाई थप सरल, प्रयोगकर्ता मैत्री एवम् सहज रुपमा प्रयोग गर्ने उद्देश्य अनुरुप सोहि सफ्टवेयरको मोवाईल एप परीक्षणका लागि सञ्चालनमा ल्याइएको सिडिएससी प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । 

उनका अनुसार मेरो शेयरको वेब भर्जनमा रहेका सम्पूर्ण सुविधाहरुमध्ये हाल माई आस्बा भित्र रहेका सुविधा बाहेकका सबै सेवा मोवाईल एपमा पनि उपलब्ध छ । निकट भविश्यमा नै माई आस्बा सहितको सम्पूर्ण सेवा सुविधाहरु सामेल गरी पूर्ण रुपमा सञ्चालमा ल्याउने समेत न्यौपानेको भनाइ छ । 

हाल परीक्षणका रुपमा सञ्चालनमा रहेको भएपनि यस एपमार्फत गरिने सम्पूर्ण कारोबारहरु आधिकारिक हुने हुँदा होसियारी पूर्वक प्रयोग गर्न उनले अनुरोध गरेका छन् । परीक्षणको क्रममा रहेको यो मोवाईल एप हाल एन्ड्रोईड अपरेटिङ सिस्टममा मात्र उपलब्ध गराईएको र आगामी दिनमा आईओएस अपरेटिङ सिस्टममा पनि उपलब्ध गराउने प्रवक्ता न्यौपानेले जानकारी दिए । 

धितोपत्र प्राथमिक बजारलाई पूर्ण प्रविधिमैत्री बनाउन सिडिएससीले प्रविधिको विकास गरेको हो । नेप्सेको पूर्ण स्वामित्वमा रहेको यस कम्पनीले शेयरलाई अभौतिकीकरण गर्न हितग्राही खाताको व्यवस्थादेखि घण्टौ लाईन बसेर आवेदन दिनपर्ने अवस्थालाई अन्त्य गर्दै सि–आस्बा प्रणालीको विकास गरेको हो । सि–आस्बा प्रणालीको विकाससँगै मेरो शेयर सफ्वेयर मार्फत घरमै बसेर आवेदन दिने व्यवस्था गरेर सिडिएससीले प्राथमिक बजारलाई पूर्ण प्रविधिमैत्री बनाएको हो । 

मेरो शेयर सफ्टवेयरमा लगानीकर्ताहरुले आफ्नो हितग्राही खातामा मौज्दात रहेको धितोपत्रको विवरण हेर्न, बजार मूल्यको आधारमा कायम भएको पोर्टफोलियो हेर्न, आफ्नो स्वामित्वमा रहेको धितोपत्रको लागतको भारित औषत गणना गर्न, धितोपत्रको कारोबार पछिको राफसाफका लागि आफ्नो सम्बन्धित राफसाफ सदस्यलाई हस्तान्तरण गर्नका लागि विद्युतिय निर्देशन पूर्जी जारी गर्न तथा प्राथमिक बजारमा सार्वजनिक निष्कासन भएका शेयरमा आवेदन गर्न सक्ने सुविधा रहेको छ । 

मोवाईल एपमा भने हाल प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा आएका शेयरमा आवेदन दिन सक्ने बाहेकका सबै सुविधा उपलब्ध रहेको सिडिएससीको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्