ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१५७२.५६ विन्दुमा नेप्से, कारोबार रकम २ करोडभन्दा बढी (२ बजेको अपडेट) 

२०७७ असोज, १  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज १, काठमाडौं । बिहीवार नेप्से कारोबार भएको तेस्रो घण्टामा ३१ दशमलव १७ अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको बजार कारोबारको यस अवधिमा २ दशमलव शून्य २ प्रतिशत बढेर १ हजार ५७२ दशमलव ५६ विन्दुमा पुगेको छ । 

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव शून्य ५ प्रतिशत घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, होटल्स, जलविद्युत, वित्त, निर्जीवन बीमा, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र लघुवित्त समूहको परिसूचक बढेको छ । 

तेस्रो घण्टाको अवधिमा १८८ ओटा कम्पनीको रू. २ अर्ब ८ करोड ९१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यस अवधिसम्म चिलिमे हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ८ करोड २१ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५२९ मा कारोबार भइरहेको छ ।

कारोबारको तेस्रो घण्टामा सोल्टी होटल्स, तारागाउँ रिजेन्सी र रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । यस अवधिमा सोल्टी होटल्सको शेयरमूल्य रू. १९८, तारागाउँ रिजेन्सीको रू. २६४ र रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य रू. ६६० कायम भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्