ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लिवर्टी इनर्जीको आईपीओ शेयरधनीको डिम्याट खातामा

२०७७ असोज, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १, काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको आईपीओ शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको शेयर भदौ ३१ गतेदेखि शेयरधनीको डिम्याट खातामा ‘एलईसी’ कोडबाट जम्मा भएको हो । 

कम्पनीले ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ सर्वसाधारणको लागि भदौ ३ गतेदेखि ७ गते विक्री गरेको थियो । आवेदन दिएका सबै लगानीकर्ताले शेयर पाएका थिए । 

१० देखि ३० कित्तासम्म आवेदन दिएकाले माग गरे अनुसार र ३० कित्ताभन्दा बढी आवेदन गरेका २५ हजार ६२० जनाले ४० कित्ता शेयर पाएका थिए । कम्पनीले शेयर सूचीकरण प्रक्रिया अघि बढाएको छ । सम्भवतः आगामी साताको पहिलो दिनसम्म सूचीकरण प्रकृया सम्पन्न भइसक्ने कम्पनीले जानकारी गराएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्