ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अस्ट्रेलियामा फेसबुक, गूगलका लागि कानूनमा संशोधन गर्न प्रस्ताव    

२०७७ असोज, १  
अन्तरराष्ट्रिय
Image Not Found

असोज १, क्यान्बेरा (अस्ट्रेलिया) । फेसबुक र गूगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्ने सम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानूनमा ती दुबै निकायलाई आफ्नो संशोधन पेश गर्न अस्ट्रेलिया सरकारले समय दिएको छ । तर मस्यौदा कानूनका लेखकहरुले सैद्धान्तिक रुपमा कानूनको मुख्य विषयमा परिमार्जन नहुने बताएका छन् ।     
     
अस्ट्रेलियाली स्वच्छ व्यापार नियामक रड सिम्सले आफूले कानूनको अन्तिम मस्यौदा संसदमा बुझाउन लागेको बताएका छन् । प्रस्तावित कानूनमा अक्टोबरको शुरुदेखि नै फेसबुक र गूगलले अस्ट्रेलियाली संचार माध्यमका समाचार सामग्री उद्धृत गरेमा, छापेमा संचार माध्यमलाई भुक्तानी गर्नु पर्ने व्यवस्था समेटिएको छ ।     
     
फेसबुकले समाचार दिनुको साटो अस्ट्रेलियाली समाचार सामग्री आफ्नो साइटमा नदेखिने बनाउन लागेको बताइएको छ ।
     
गूगलले पनि प्रस्तावित कानूनले गूगल सर्च र युट्युबमा नकारात्मक असर पर्ने बताएको छ । गूगलले निःशुल्क सेवा प्राप्त गर्ने जनताको अधिकार कुण्ठित हुन सक्ने तथा प्रयोगकर्ताका व्यक्तिगत विवरणहरु संचार माध्यममा पुग्न सक्ने बताएको छ ।     
     
सिम्सले अमेरिकी सामाजिक संजालका प्लेटफर्मसँग प्रस्तावित कानुनका बारेमा छलफल गरिरहेको बताएका छन् । प्रस्तावित कानूनका बारेमा अक्टोबरमै संसदमा छलफल हुने कार्यसूची रहेको छ ।     
     
सिम्सले गूगलले उठाएका केही सरोकार जायज रहेका छन्, र त्यसलाई सच्याउन कानुनी व्यवस्था गरिने पनि बताएका छन् । उनले गूगल वा फेसबुकले भनेझैं सबै कुरा फेरबदल गर्न नसकिने बताए ।
     
स्पेन र फ्रान्सले पनि बौद्धिक कानून मार्फत समाचारका लागि फेसबुक र गूगलमाथि भुक्तानीको दाबी गर्ने अभियान संचालन गरे पनि त्यो असफल भएको थियो । यस विषयमा संयुक्तराज्य अमेरिका र यूरोपमा पनि उस्तै समस्या रहेका छन् । रासस/ एपी   
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्