ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उद्यमी महिलालाई ऋण पाउन समस्या

२०७७ असोज, २  
वाग्मती प्रदेश
NA

काठमाडौं (अस) । कोरोनाको असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलब दिन समस्या भएको महिला उद्यमीले बताएका छन् । महिला उद्यमी महासंघ नेपालले आयोजना गरेको अनलाइन प्रेस बैठकमा उनीहरुले यस्तो धारणा राखेका हुन् ।

कोरोनापछि व्यापार गर्ने महिलाका लागि ऋण दिने भनिए त्यसका लागि प्रपोजललगायतमा सामान्य उद्यमीको पहु“च नहु“दा समस्या भएको महासंघकी अध्यक्ष रीता सिंहले बताइन् ।

उनले भनिन्, ‘ऋण लिने वातावरण सहज भए महिलालाई व्यवसायमा टिक्न सजिलो हुने थियो ।’ कार्यक्रममा संस्थाकी  द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीले सञ्चारमार्फत सकारात्मक सन्देश फैलाएर आशाको सम्भावना खोज्नुपर्ने बताइन् ।

उपत्यकामा १ सय २५ उद्यमी रहेको महासंघको ५० वटा जिल्ला शाखा छन् । अहिले गाउ“मा बजारीकरणको समस्या भएकाले अनलाइन बजारीकरणमा तालिम दिएको संस्थाकी कार्यकारी निर्देशक अनामिका सिंह भण्डारी सुनाउँछिन् । जिल्लासम्म उद्यमी महिला बनाउने तयारीमा आफूहरु लागेको प्रथम उपाध्यक्ष निरु खत्रीले जानकारी दिइन् ।  

उद्यमशीलता विकास कोष सरकारले बनाए पनि चाहेजस्तो सजिलो नभएको कारण व्यवहारिकतामा ध्यान दिनुपर्नेमा संस्थाकी तृतीय उपाध्यक्ष दर्शना श्रेष्ठको सुझाव छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्