ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धरान उपमहानगरले शुरु गर्‍यो अनलाइन कर भुक्तानी सेवा

२०७७ असोज, २  
प्रदेश ०१
Image Not Found

असोज २, धरान । धरान उपमहानगरपालिकाले अनलाइन कर भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । 

अब घरबाटै वा संसारको जुनसुकै ठाउँबाट पनि अनलाइनमार्फत कर तथा राजस्व तिर्न सकिने उपमहानगरपालिकाले जानकारी दिएको छ । 

शुक्रवारदेखि पूर्णरुपमा काम शुरु भएको उपमहानगरका सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले जानकारी दिए । बिहीवार नगरप्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारीले घर जग्गाको कर अनलाइनमार्फत तिरेर सेवा शुभारम्भ गरेका हुन् । 

उपमहानगरपालिकामा जनताले कार्यालयमा आफै उपस्थित भएर कर तिर्दा कोरोना संक्रमणको जोखिम बढ्ने हुनाले अनलाइन सेवा शुरु गरिएको उपप्रमुख भण्डारीले बताए । 

कर तिर्नका लागि नाम टिपाएपछि उपमहानगरले युजर नेम र पासवर्ड वितरण गर्नेछ । त्यसपछि स्वदेश तथा विदेश जहाँबाट पनि नेपालको कुनै बैंकमा रहेको आफ्नो खाताबाट कनेक्ट आइपिएसका माध्यमबाट वा इ सेवा बालेटबाट सजिलै कर तथा राजस्व भुक्तानी गर्न सकिने सूचना अधिकृत खतिवडाले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्