ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अर्को वर्षको अप्रिलसम्म कोरोनाविरुद्धको खोप उपलब्ध हुन्छ : ट्रम्प

२०७७ असोज, ३  
अन्तरराष्ट्रिय
Image Not Found

असोज ३, वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्षको अप्रिल महीनासम्ममा अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुने बताएका छन् । 

उनले भने ‘मेरो प्रशासनले यो खोप निर्माणको काम निकै द्रुत गतिमा गरेको छ र मलाइ लाग्छ आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो खोप तयार हुनेछ ।’  

खोप तयार हुने वित्तिकै सबै अमेरिकी नागरिकलाई लगाइने पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिए । उनले खोप हरेक महीनामा दशौं लाख उत्पादन हुने भएकोले सबै अमेरिकी नागरिकलाई खोप लगाउन सकिने पनि बताएका छन् ।

शुक्रवार आयोजना गरिएको प्रेस ब्रिफिङका क्रममा उनले सो कुरा बताएका हुन् । अमेरिकाका वरिष्ठ वैज्ञानिक र चिकित्सकहरु बिगतदेखि नै यस कार्यमा लागिराखेको पनि उनले बताए । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकाका वरिष्ठ चिकित्सक र वैज्ञानिकहरुले यो खोप आविश्कारको काममा लागेका छन् र उनीहरुले यो खोपको परीक्षण पनि अन्तिम चरणमा पुगेको बताएका छन् । 

त्यसैले पनि अब अमेरिकाले चाँडै नै नयाँ खोप उत्पादनको काम पनि थाल्ने जानकारी दिए । उनले अब यो खोपको परीक्षण अन्तिम चरणमा रहेको र सो परीक्षण सकिएलगत्तै खोप उत्पादनको काम गर्ने जानकारी पनि दिए ।

विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको देश अमेरिका हो । यहाँ अहिलेसम्म ६७ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । रासस/एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्