ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चीनमा कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्धहरूलाई थप खुकुलो बनाइने

२०७७ असोज, ३  
अन्तरराष्ट्रिय
Image Not Found

असोज ३, पेचिङ । चीनले कोभिड–१९ नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धहरूलाई थप खुकुलो बनाएको छ ।  

यो वर्षको सुरूदेखि नै कोभिड–१९ नियन्त्रणका लागि भन्दै सिनेमा हल तथा अन्य नाटक प्रदशर्नीमा प्रतिबन्ध लगाएको थियो । तर चीनमा महामारी नियन्त्रणमा आएपछि गत महीनादेखि सिनेमा हल तथा नाटक प्रदर्शनलगायतमा सीमित दर्शक राखी सञ्चालन गर्ने अनुमति दिएको थियो । 

उक्त दायरालाई फराकिलो पार्दै छिट्टै प्रतिबन्धलाई थप खुकुलो बनाउने चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ । आगामी दिनमा हलमा दर्शक संख्या ७५ प्रतिशत राख्न पाउने पनि मन्त्रालयले जानकारी दिएको छ ।

ठूला व्यवसायिक प्रदर्शनहरूका लागि स्थानीय महामारीको नियन्त्रण अवस्थाको आधारमा दर्शक संख्याहरूको उचित नियन्त्रण आवश्यक रहेकोले स्थानीय अधिकारीको सहमतिले कम जोखिम भएका क्षेत्रहरूमा व्यवसायिक प्रदर्शनलाई अनुमति दिइनेछ । 

हलभन्दा बाहिर हुने प्रदर्शनका लागि स्थानीय संक्रमण खतराको अवस्था हेरी क्रमशः प्रतिबन्धलाई खुकुलो पारिने मन्त्रालयले जानकारी दिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्