ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

साओमीका दुई टेलिभिजन नेपाली बजारमा

२०७७ असोज, ४  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । ग्लोबल टेक्नोलोजी साओमीले स्मार्ट टेलिभिजन श्रेणीका मी टिभी ४एक्स (५५) र मी एलईडी टिभी ४ए–प्रो (४३) नेपाली बजारमा बिक्री सुरु गरेको छ ।

कम्पनीले नेपालमा पहिलो भर्चुअल कार्यक्रममार्फत दुई उत्पादन सार्वजनिक गरेको हो । आउँदो दसैं–तिहार पर्वलाई लक्षित गरी नयाँ उत्पादन नेपाली बजारमा प्रवेश गराएको कम्पनीले बताएको छ  ।

कम्पनीका अनुसार मी टिभी ४एक्स (५५ इन्च) मा ४के १० बिट एचडीआर डिस्प्ले सुविधा,  इन–हाउस इमेज प्रोसेसिङ अल्गोरिदम, भिभिड पिक्चर इञ्जिन, २० वाटको स्पिकर डल्वी अडियो र डीटीएस एचडीलगायत सुविधा छन् ।

कम्पनीले उक्त टिभीमा गुगलको नयाँ एन्ड्रोइड टिभी ९.० को साथ गुगल एसिसटेन्ट, युट्युब, क्रोमकास्ट, गुगल प्ले स्टोर र डाटा सेभरजस्ता विशेषता रहेको बताएको छ । मी एलईडी टिभी ४ए प्रो (४३) मा ४३ इन्चको १०८०पी पूर्ण एचडी रिजोलुसन, १२ बटनको ब्लुटुथ मी रिमोट सुविधा, डुअल २० वाटको स्टेरियो सेटअप आदि सुविधा छन् । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामीले ल्याएका टेलिभिजनका दुई नयाँ उत्पादन नेपाली ग्राहकको रोजाइमा पर्ने विश्वास लिएका छौं । यसले स्मार्ट टिभीको अर्थ परिभाषित गर्नेछ ।’ कम्पनीले मी टिभी ४एक्स (५५) २०२० संस्करण ६४ हजार ९ सय ९९ र मी एलईडी टिभी ४ए प्रो (४३) को ३९ हजार ९ सय ९९ रुपैयाँ मूल्य तोकेको छ । दुवै टिभीका लागि आजदेखि प्रि–बुकिङ सुरु गरिएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्