ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उत्कृष्ट तीन महिला लघुउद्यमी सदस्यलाई पुरस्कारको घोषणा

२०७७ असोज, ४  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । स्वावलम्बन विकास केन्द्रले तीन जना उत्कृष्ट लघुवित्त उद्यमी महिला सदस्यहरुलाई लघुवित्त उद्यमशीलता विकास पुरस्कारवाट पुरस्कृत गर्ने भएको छ । पुरस्कृत हुनेमा वाँके जिल्लाको राँझा स्थित बंगुरपालन व्यवसाय सञ्चालन गर्दै आएकी मनु थापा मगर, दाङ जिल्लाको लमही स्थित पशुपालन तथा तरकारी ब्यवसाय सञ्चालन गर्दै आएकी गीता चौधरी र वाँके जिल्लाको नेपालगंज स्थित गाईपालन तथा तरकारी व्यवसाय सञ्चालन गर्दै आएकी लक्ष्मी देवी खड्का रहेकी छिन् ।

२०७७ भाद्र ३१ गते वसेको केन्द्रको प्रवन्ध समितिको वैठकले उनिहरुको नाम अनुमोदन गरेको हो । बेन्द्रकाअनुसार पुरस्कारको लागि छनौट गर्न व्यवसाय वृद्धि, उत्पादन र विक्रीको प्रवृत्ति, नाफाको प्रवृत्ति, व्यवसायमा नयाँ कार्यशैलीको प्रयोग, व्यवसायको दिगोपना, समाजमा पुर्याएको योगदान, वातावरणमा पारेको सकारात्मक प्रभाव, प्रविधिको प्रयोग, व्यवसाय अनुशरणको सम्भावना र बजार व्यवस्थापनको स्थिति लगायत १० वटा मापदण्डको आधारमा मुल्यांकन गरिएको हो ।  

पुरस्कृत लघुउद्यमी सदस्य मनु थापामगर युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड कोहलपुर वाँके, गीता चौधरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, घोराही दाङ र लक्ष्मी देवि खड्का उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड कोहलपुर वाँके संग आवद्ध उद्यमी सदस्य हुन । केनद्रकाअनुसार पुरस्कृत लघुउद्यमीलाई रु २५ हजार नगद र प्रमाण पत्र प्रदान गरिने छ ।

लघुवित्त प्रणालीको उद्देश्य लघुउद्यमशीलताको विकास गरेर स्थानीय रुपमा रोजगारी सृजना गर्ने र  विपन्न वर्गको सामाजिक तथा आर्थिक रुपान्तरण गर्नु रहेको छ । स्वावलम्बन विकास केन्द्रले विपन्न बर्गमा आर्थिक पहँुच पुर्याएर गरीबी निवारणमा टेवा दिने लघुवित्त संस्थाहरुलाई पोत्साहित गर्दै आएको बताउको छ । यसै सन्दर्भमा लघुउद्यमी महिला सदस्यहरुमा थप उर्जा एवं हौसला प्रदान गर्ने अभिप्रायले स्वावलम्बन विकास केन्द्रले उत्कृष्ट महिला लघुउद्यमी सदस्यहरुलाई यो पुरस्कार दिने नीति लिएको केन्द्रका कम्यूनिकेशन अफिसर चन्द्रकान्त पण्डितले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्