ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल इकरात इञ्जिनियरिङ कम्पनी २८ औं वर्षमा

२०७७ असोज, ४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल इकरात इञ्जिनियरिङ कम्पनी (नीक) शनिबार २८ औं वर्ष प्रवेश गरेको छ । कोरोना महामारीका कारण कम्पनीले यस पटक कुनै औपचारिक कार्यक्रम गरेन ।

कर्मचारी, ग्राहक, शुभचिन्तकसँग शुभकामना आदान–प्रदान गरी वार्षिकोत्सव मनाइएको कम्पनीले बताएको छ ।

स्थापनाकालदेखि नै गुणस्तरीय ट्रान्सफर्मर उत्पादनमा केन्द्रित नीकले आफ्ना उत्पादन भुटानमा समेत निर्यात गर्दै आएको छ । गुणस्तरीय उत्पादनका लागि कम्पनीले आधुनिक प्रविधि, नवप्रवर्तन र अनुसन्धानमा बढी जोड दिएको अध्यक्ष कुशकुमार जोशीले बताए ।

‘ट्रान्सफर्मर उत्पादनमा हामी हरेक वर्ष नयाँ–नयाँ प्रविधि र प्रयोग आत्मसात् गरिरहेका हुन्छाैं,’ उनले भने, ‘सोही कारण हाम्रा उत्पादन गुणस्तरीय र विश्वसनीय छन् ।’

कम्पनीले वार्षिकोत्सवकै अवसरमा वायो आयल (एफआरथ्री) युक्त ट्रान्सफर्मर ल्याएको छ । ‘ट्रान्सफर्मरमा कुलिङका लागि प्रयोग हुने खनिज आयलको सट्टा वायोआयल प्रयोगमा ल्याएका हौं,’ अध्यक्ष जोशीले भने, ‘यस्तो आयलको प्रयोगले ट्रान्सफर्मर पड्कने, जल्नेजस्ता समस्या आउन दिँदैन ।’

ट्रान्सफर्मरको भार प्रेषण क्षमता बढाउने भएकाले थप टिकाउ र विश्वसनीय बन्ने कम्पनीको दाबी छ । यस्ता ट्रान्सफर्मरले कार्बन उत्सर्जन नगर्ने भएकाले वातावरणमैत्री समेत रहेको जोशीले बताए । नेपालमा निजी क्षेत्रले प्रयोग गरिरहेका ट्रान्सफर्मरमा नीकको हिस्सा सबैभन्दा बढी रहेको कम्पनीको दाबी छ । सरकारी खरिदबाहेक कम्पनीको उत्पादनको बजार हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको दाबी गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्